024460228 · 9852661228 pathivara.campus@gmail.com Phungling Municipality, Taplejung, Koshi
General Featured

5th Convention of the Pathibhara Multiple Campus Unit Committee, Taplejung

पाथीभरा बहुमुखी क्याम्पस एकाइ समिति, ताप्लेजुङको ५ औँ अधिवेशन

  • September 08, 2026
  • 7 photos
5th Convention of the Pathibhara Multiple Campus Unit Committee, Taplejung

पाथीभरा बहुमुखी क्याम्पस एकाइ समिति, ताप्लेजुङको ५ औँ अधिवेशन यही मिति २०८३ साल भाद्र २८ गते आइतबार सम्पन्न भयो । पूर्व सभापति वेदनिधि पौडेलको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनको प्रमुख आथित्यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री शीला इजम (राई)ले गर्नुभएको थियो । क्याम्पस प्रमुख विशिष्ट अथिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष भिम बहादुर कार्कीले स्वागत मन्तव्य मार्फत सम्पूर्ण उपस्थित महानुभाव हरुलाई स्वागत गर्नुभएको थियो । दुई चरणमा सम्पन्न उक्त अधिवेशनमा एकाइको प्रगति प्रतिवेदन पूर्व सभापति वेदनिधी पौडेलले प्रस्तुत गर्नुभएको थियो भने पूर्व सचिव मन सिं राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।उक्त अधिवेशनले प्राध्यापक युवराज वस्नेत नेतृत्वमा ९ सदस्य एकाइ समिति गठन गरेको छ । 
१.⁠ ⁠सभापति : युवराज वस्नेत 
२.⁠ ⁠उपसभापति : भीम बहादुर कार्की
३.⁠ ⁠सचिव : राज कुमार बानियाँ
४.⁠ ⁠कोषाध्यक्ष : रुपा लिम्बु
५.⁠ ⁠सदस्य : राकेस दाहाल
६.⁠ ⁠सदस्य : प्रकाश पालुङ्वा
७.सदस्य : लक्ष्मी प्रसाद ढकाल
८.सदस्य : आइत बहादुर लिम्बु खजुम
९.सदस्य : लोकेश लिम्बु

Back to all notices Posted 2 weeks ago